नेप्सेमा ५४ अंकको उछाल, कारोबार रकम २ वर्ष पछिकै उच्च


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर बजार ५४.५४ अंकले बढेर २१७५.१७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार कारोबार रकमका आधरामा सोनापूर मिनरल्स एण्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।

कम्पनीको २८ करोड ३१ लाख ५५ हजार ८ सय २ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन बुटबल पावर कम्पनी लिमिटेड लगायत ५ वटा कम्पनीको सेयरमूल्य बढेको छ ।

कुल ३०४ कम्पनी २ करोड ३३ लाख ७ हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।