टाटा मोटर्सको इलेक्ट्रिक ‘टाटा पन्च’ भारतमा सार्वजनिक


काठमाडौँ । टाटा मोटर्सले इलेक्ट्रिक एसयूभी टाटा पन्च भारतमा सार्वजनिक गरेको छ ।टाटा पञ्च ईभीमा यसको पेट्रोल मोडलको तुलनामा कयौं एडभान्स फिचर्स उपलब्ध हुने कम्पनीले जनाएको छ। टाटा मोटर्सले पञ्च ईभीको बुकिङ सुरू गरेको छ।ईभीमा सेगनेन्टमै पहिलो भेन्टिलेटेड फ्रन्ट सिट हुने कम्पनीले जनाएको छ।

यो कार फुल चार्जमा ३०० देखि ४०० किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ । आईसीई पन्चको तुलनामा ईभीको क्याविनसमेत उल्लेखनीय रूपमा परिमार्जन गरिएको छ। पन्च ईभीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन र इन्स्ट्रुमेन्ट क्लस्टर छ। टाटा मोटर्सले ईभीका लागि नयाँ प्लेटफर्म एक्टिभ (एक्टिईभी) समेत ल्याएको छ। पन्च ईभी पनि यही प्लेटफर्ममा आधारित रहेको छ।

उक्त कारको मूल्य १४ लाख ४९ हजार भारु,रहेको कम्पनीले जनाएको छ । त्यसैगरी इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्युरिफायर, कर्नरिङ फग ल्याम्पस्, अटो-फोल्डिङ विङ मिरर्स, इलेक्ट्रिक सनरूफलगायत विशेषता रहने छ। साथै पन्च ईभीमा वायरलेस फोन चार्जर र ३६० डिग्री क्यामेरा समेत उपलब्ध हुनेछ।

सुरक्षाको लागि पन्च ईभीमस ६ वटा एयरब्याग तथा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) हुनेछ।

पन्च ईभी दुई अप्सन स्ट्यान्डर्ड र लङ रेन्जमा आउने टाटा मोटर्सले यसअघि नै बताएसकेको छ। स्ट्यान्डर्ड अप्सनमा ३.३ किलोवाटको वाल बक्स चार्जर र लङ रेन्ज अप्सनमा ७.२ किलोवाटको एसी फास्ट चार्जर उपलब्ध हुने कम्पनीले जनाएको छ।

पन्च ईभी टाटाको चौथो ईभी हो। यसअघि टाटाले नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी सार्वजनिक गरिसकेको छ ।