कामना सेवा विकास बैंकको नाफा ३२.१९ प्रतिशतले बढ्यो


काठमाडौँ । कामना सेवा विकास बैंकको नाफा ३२.१९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को दोस्रो त्रैमासिक वित्तीय अनुसार २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७९ ८० को यहि अवधिमा कम्पनीले १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेको छ । यो अवधिमा कम्पनीले ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको खराब कर्जा ३.४२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यहि अवधिमा ३.७० प्रतिशत खराब कर्जा रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १५.७८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१.६१ रुपैयाँ रहेको छ ।