सेयरधनीलाई निराश बनाउँदै सोनापूर मिनरल्सले बोलायो साधारण सभा


काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोनापुर सिमेन्ट) ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले माघ २६ गते दाङको घोराही–१५ मा रहेको होटेल माला इनमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको थियो । समितिको बैंठकले लाभांश प्रस्ताव गरेको छैन ।

यस्तै सभाले आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९र८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र संचालक चयनको लागि मतदान गर्न सक्ने छन् ।