नेप्से ७ अंकले घट्यो, कारोबार रकम ८ अर्ब माथि


काठमाडौं। साताको कारोबारको अन्तिम दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एकसचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ७.२४ अंकले बढेर घटेर २१५५.८२ अंकमा पुगेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार ३ सय २८ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन तेह्रथुम हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.४३ प्रतिशतले घटेको छ ।

कुल २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७ सय ७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २ सय ८२ रुपैयाँको करोबार भएको नेप्सेले जनाएको छ ।