माछापुच्छ्रे बैंकको नाफा घट्यो


काठमाडौँ । माछापुच्छ्रे  बैंकको नाफा २१.४५ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा घटेको देखिएको हो ।

बैंकले आर्थिक वर्ष २०८० ८१ को पुषसम्ममा ८० करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको यहि अवधिको तुलनामा चालू आर्थिक वर्षमा बैंकको निक्षेप पनि १.१० प्रतिशतले घटेको छ । यो अवधिमा बैंकको निक्षेप १ खर्ब ५२ अर्ब ४८ करोड ५२ लाख ५४ हजार रुपैयाँ रहेको छ । बैंकले १ खर्ब २९ अर्ब ९१ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । बैंकले यो अवधिमा २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५.५६ प्रतिशतले खुद ब्याज आम्दानी घटेको हो ।

बैंकको खराब कर्जा पनि बढेको छ । बैंकको खराब कर्जा २.६२ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १३.८६ रुपैयाँ, प्रति शेयर नेटवर्थ १४४.९७ रुपैयाँ रहेको छ ।