धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि समिति गठन


काठमाडौं । नेपाल सरकारले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।

समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन्।

धितोपत्र सम्बन्धी ऐन २०६३ का अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सम्मिलित सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

गत पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड अध्यक्ष विहीन छ ।