ओलाले ल्यायो ‘मोभी ओएस ४’ सफ्टवेयर, सयभन्दा बढी सुविधा उपलब्ध हुने


काठमाडौँ । ओला इलेक्ट्रिकले आधिकारिक रूपमा आफ्नो इलेक्ट्रिक स्कुटरहरूको लागि ‘मोभी ओएस ४’ सफ्टवेयर विहिबार देखि सुरू गरेको छ। यस सफ्टवेयरको विशेष सुविधा ‘एन्टी थेफ्ट अलार्म’ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फिचरले कारमा पाइने सेन्ट्रल लकिङ सिस्टम जस्तै काम गर्छ भने सफ्टवेयर अपडेट गरेपछि यदि कसैले स्कुटर चोर्न खोज्यो वा कसैले छेडछाड गर्न खोज्यो भने, स्कुटरमा रहेको सफ्टवेयरले चालककाे मोबाइलमा सूचना पठाएर अलर्ट गर्नेछ। यसबाहेक, स्कुटरले ठूलो बीप आवाजमा अलर्ट पनि गर्ने कम्पनीको भनाइ छ ।

ओलाले १५ अक्टोबर २०२३ मा ‘मोभी ओएस ४’ सफ्टवेयर प्रस्तुत गरेकाे थियाे । साथै, ‘मोभी ओएस ४’ मा उत्पन्न हुने समस्याहरू पनि फिक्स गरिएको छ। यो अपडेट पछि, प्रयोगकर्ताहरूले नयाँ इन्टरफेस पाउनेछन्। यसमा, चालकले नेभिगेसन स्क्रिनलाई नछोइकन एकै ट्यापमा धेरै सुविधाहरू सञ्चालन गर्न सक्षम हुनुहुने कम्पनीकाे दाबी छ ।

यसमा १०० भन्दा बढी सुविधाहरू रहेकाे कम्पनीले जनाएकाे छ। यसलाई कम्पनीको पोर्टफोलियोमा समावेश ओला एस १ जेनेरेसन १, एस १ प्रो (सेकेन्ड जेनेरेसन) र एस १ एयरमा अपडेट गर्न सकिन्छ।