युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति


काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९ /०८० को मुनाफाबाट लगानीकर्तालाई १० .८० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले हालकायम चुक्ता पुँजीको १०.८० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमध्ये १०.२६ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.५४ प्रतिशत रहेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनिलाई वितरण गरिने छ ।