काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार


काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सरकारले महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदिप परियारलाई पठाएको छ ।

सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ ।

स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबिच विवाद सुरु भएको थियो ।

महानगरपालिकाका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीबीच मनमुटाव भएपछि मेयर बालेनले राष्ट्रिय सभा गृहमा रहेको अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका थिए। त्यसपछि अधिकारी महानगर गएका छैनन्।

सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो। अधिकारी यो बिचमा बिदामा बसेका थिए ।