कोर बैंकिङ सिस्टम मर्मत गर्दै कृषि विकास बैंक


काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले कोर बैंकिङ सिस्टम मर्मत गर्ने भएको छ । बैंकले सूचना जारी गर्दै मर्मत गर्ने समयमा कारोबार नगर्न भनेको छ ।

२०८० माघ ६ गते विहान २ बजेदेखि ३ बजेसम्म एक घण्टा सिस्टम अवरुद्ध हुने बैंकले जनाएको छ । यो एक घण्टाको समयमा कारोबार नगर्न बैंकले आग्रह गरेको छ ।