एभरेष्ट बैंकको नाफा बढ्याे


काठमाडौं । एभरेष्ट बैंकको नाफा ७.८८ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा ७.८८ प्रतिशतले बढेको देखिएको हो ।

यस अवधिमा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । खुद ब्याज आम्दानी १.२७ प्रतिशत घटेर ३ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकको संचालन नाफा पनि ७.९० प्रतिशतले बढेको छ । बैंकको संचालन नाफा २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ छ। समिक्षा अवधिमा बैंकको निक्षेप संकलन २ खर्ब १३ अर्ब ८६ करोड २४ लाख रुपैयाँ गर्दा १ खर्ब ६८ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेकाे छ । बैंकको खराब कर्जा ०.७७ प्रतिशत रहेकाे छ ।

बैंकको प्रतिसेयर आम्दानी २९.१२ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २१९.५७ रुपैयाँ रहेकाे छ ।