मुनाफा सञ्चित गर्दै नेपाल लाइफ इन्स्योरेन्स


काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८–७९को मुनाफा सेयरधनीलाई वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको छ ।

कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७८–७९ को मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने र यस अवधिको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।