ॠषि ट्रेड सेन्टर बन्यो ‘सिएफ मोटो र जीहाे ब्राण्डका’ लागि नेपालको आधिकारिक वितरक​


काठमाडाैँ । रिलायन्स ग्रुप अन्तर्गतको ॠषि ट्रेड सेन्टरले सिएफ माेटाे र जीहाे ब्राण्डका लागि आधिकारिक वितरक लिएको छ ।

उक्त ब्राण्ड अन्तर्गत सेन्टरले अबदेखि नेपाली बजारमा सिएफ माेटाेका उच्च गुणस्तरीय, पावर तथा बाइक, एटिभी, एसएसभी, माेटरसाइकल र सिएफमाेटाे र जीहाे अन्तर्गत विभिन्न मोडलका विद्युतीय स्कुटरहरू आकर्षक विषेशताहरूका साथ नेपाली बजारमा भित्राउने कम्पनीले जनाएकाे छ । रिल्यान्स ग्रुप, ‘फ्यासिलिटेटिङ् द नेशनस् ग्रेथ’ काे नारा लिएर देश विकासमा अग्रसर हुँदै आएको नेपालको एक सफल व्यापारिक केन्द्र रहेकाे कम्पनीकाे दाबी छ ।

उत्पादन (सिमेन्ट, कागज, र फल्लोरिगं), व्यापार (सिमेन्ट र घरेलु उपकरण),निर्माण, जलविद्युत, बैकिङ्ग क्षेत्रमा सफल रहेको यस ग्रुप अन्तर्गतको ॠषि ट्रेड सेन्टरले यी दुबै व्राण्डको बिक्रि वितरण गर्ने हुँदा, अटोमोटिभ सेक्टरमा समेत यस कम्पनीले आफ्नो व्यपारिक अनुभव, दक्ष जनशक्ति, विभिन्न स्रोत र साधनको उपयोग गरि दुबै व्राण्डलाई ग्राहकमुखि वातावरणमा उच्च स्थान दिने कुरामा विश्वस्त रहेकाे कम्पनीकाे भनाइ छ ।

हाल सेन्टरले सिएफ माेटाे र जीहाे अन्तर्गतका एनके २५० तथा एसआर २५० बाइकहरू, एटिभीएस र एएभी र सिएफमाेटाे जीहाे ब्रान्डका एइ८ पश्चात हालसालै अर्को मोडेल एइ६+ नेपाली बजारमा भित्राएको छ।