काठमाडौँमा हिन्दु संस्कृति पुनस्र्थापना दिवस मनाइयो


काठमाडौँ । विशाल बजार व्यापार संघ र रिद्धि सिद्धि सेवा ट्रस्टको संयुक्त आयोजनामा हिन्दु संस्कृति पुनस्र्थापना दिवस मनाइएको छ ।

काठमाडौँको विशाल बजारमा कार्यक्रम गरेर हिन्दु संस्कृति पुनस्र्थापना दिवस मनाइएको हो ।

छिमेकी मुलुक भारतले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरेको अवसरमा पुनस्र्थापना दिवस मनाइएको विशाल बजार व्यापार संघका अध्यक्ष नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

उनले हिन्दु संस्कृति राष्ट्रको गहना भएकाले पुनस्र्थापना दिवस मनाइएको बताए ।