घलेम्दी हाइड्रोपावरको ३२ लाख बढि कित्ता सेयर आजदेखि लिलामीमा


काठमाडौं । घलेम्दी हाइड्रोपावरको सेयर आजदेखी लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले मंगलबारदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारण समुहको सेयर बिक्री नभएको हकप्रद सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले म्याद माघ २३ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले उक्त सेयर मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, विर्तामोड, विरगन्ज, जनकपूर, विराटनगर, नारायणगढ, चिप्लेढुंगा–पोखरा, बाग्लङ बेनी, बुटबल, घोराही–दाङ नेपालगन्ज सुर्खेत धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।