हिरोकाे नयाँ ‘माभरिक ४४०’ माेटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषता


काठमाडौँ । हिरो मोटोकर्पले भारतमा नयाँ फ्ल्यागसिप मोटरसाइकल माभरिक ४४० सार्वजनिक गरेको छ । हिरो वर्ल्ड २०२४ काे अवसर पारेर कम्पनीले सो मोटरसाइकल सार्वजनिक गरेको हो । माभरिक ४४० बाइकमा सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन जडान गरिएको छ, जसले २७ बीएचपी पावर र ३६ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ ।

आकर्षक फ्युल ट्यांकी तथा स्कुप–आउट सिंगल पिस सिटले मोटरसाइकलको आकर्षणलाई बढाएको छ भने एलईडी डीआरएलका साथ गोलो हेडल्याम्प र एक डिटेल्ड ह्यान्डलबारका साथ मस्कुलर स्टाइल यसको अर्को पहिचान हो । स्टब्बी टेल सेक्सन, ट्युनिङ फोर्कयुक्त अलोय ह्विल र स्टब्बी एक्जस्ट समेत यसमा उपलब्ध छ ।

यसमा मोबाइल एपको माध्यमबाट विभिन्न कनेक्टेड फिचर प्रयोग गर्न सकिन्छ । यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प र फुल एलईडी लाइटिङ पनि उपलब्ध छ ।