नेप्सेमा झिनो गिरावट, हिमालय रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता


काठमाडौं । साताको कारोबारको तेस्रो देखि सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ७ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार हिमालयन रि इन्स्योरेन्स कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ ।

आजको दिन नेप्सेमा चन्द्रगिरी हिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आज मिड सोलु हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.२० प्रतिशतले बढेको छ ।

कुल ३१० कम्पनीको ११ करोड ८० लाख १ हजार ३ सय ६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१ रुपैयाँको कारोबार भएको छ ।