काठमाडाैँ । सरकारले ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने भएकाे छ।
माघ ९ गते बसेकाे मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट ‘काेटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्राेजेक्ट’ कार्यान्वयनका लागि प्रस्तावित चौतिस अर्ब उनन्पचास करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेकाे हाे।
यस्तै, राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने र २०८० माघ २२ गते ४:०० बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ।
प्रतिक्रिया दिनुहोस्