नाडामा समितिका सभापति चयन, कुन समितिको नेतृत्व कसलाई ?


काठमाडाैँ । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालले समितिको सभापति चयन गरेको छ । नाडाको आज (मंगलबार) बसेको कार्यसमिति बैठकले समितिको सभापति चयन गरेको हो ।

बैठकले नाडा अटो शो संयोजकमा अनुपकुमार बराललाई चयन गरेको छ । त्यस्तै राजश्व समिति सभापतिमा बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा चयन भएका छन् । सीप विकास र विद्युतीय सवारी समितिको सभापतिमा उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई चयन गरेको छ।

चार पाङ्ग्रे भेहिकल समिति सभापतिमा उपाध्यक्ष निराकार श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्ष मिलनबाबु मल्ल हेभी इक्यूपमेन्ट समितिको सभापति चयन भएका छन् ।

प्रदेश समन्वय तथा सदस्यता वितरण समितिको सभापतिमा प्रकाश कपुरी, दुई पाङ्ग्रे सवारीसाधन समितिमा अभिक ज्योति, वातावरण समितिमा कपिल शिवाकोटी चयन भएका छन् । स्पेयर पार्टस्मा दिपेन्द्र मिश्रा, वितरक तथा डिलर समन्वय समितिमा दिपकराज गिरी चुनिएका छन् ।