निफ्राको लक इन अवधि फागुन २३ गते सकिने


काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लक इन अवधि फागुन २३ गते समाप्त हुने भएको छ।

बैंकले एक सूचना जारी गर्दै बैंकको संस्थापक सेयरधनीहरुको लक इन अवधि फागुन २३ गते समाप्त हुने उल्लेख गरिएको छ ।

निफ्राको लक इनमा रहेको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर फागुन २३ पछि कारोबार गर्न सकिनेछ।