नेप्सेमा १० अंकको गिरावट, कारोबार रकम चार अर्ब मुनि


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसुमहमध्ये २ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा चन्द्रागिरी हिल्स र मिडसोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कुल ३११ कम्पनीको ११ करोड ४९ हजार ९ सय ४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८ रुपैयाँको कारोबार भएको छ ।