‘बैंकहरूको कर्जा लगानी बढ्ने वातावरण बन्दै गएको छ’ 


काठमाडौँ। बैंक तथा वित्तिय संस्थाका विज्ञ तथा सरोकारवालाले मुलुकको अर्थतन्त्र सुधारको बाटोतर्फ गएको र यसै अनुसार बैंकहरूको कर्जा लगानी बढ्न थालेको चर्चा गरेका  छन्। 

बुधवार बैंकको ५९ औँ वार्षिकोत्सबको अवसरमा बोल्दै गभर्नर महाप्रसाद अधिकारी लगायतका सरोकारवालाले बैंकिङ क्षेत्रको सकारात्मक गतिको चर्चा गरेका हुन्।

गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको बताए।

अर्थमन्त्री प्रकाशशरण महतले विगत भन्दा अर्थतन्त्र सुधार भइसकेको चर्चा गर्दै बैंक तथा वित्तिय संस्थाले लगानी बढाउने वातावरण बनेको बताए।

महतले बैंकहरुले अब धितोबेस कर्जा भन्दा पनि प्रोडक्ट अर्थात आयोजनाबेस भएर कर्जा प्रवाह गर्न आवश्यक रहेको औंल्याए। प्रोजेक्टबेस कर्जामा बैंकहरु जाने हो भने बिस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्ने दाबी गरे। 

कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० किरणकुमार श्रेष्ठले पनि बैंकहरूको कर्जा लगानी बढ्ने वातावरण बन्दै गएको चर्चा गरे। 

श्रेष्ठले अर्थतन्त्र सुधारको अवस्था आगामी दुईरतीन महिनामा देखिने चर्चा गर्दै वाणिज्य बैंकले कर्जा विस्तार १२ प्रतिशत र निक्षेप संकलन १० प्रतिशतले बढाउने लक्ष्य लिएको जानकारी गराए।

पूर्वगभर्नर डा. तिलक रावलले नेपालीको वित्तीय क्षेत्रमा सुखद् अवस्था नरहे पनि समग्र अवस्थामा भने निराश हुन नपर्ने बताए। 

बैंक तथा वित्तीय ठूला संस्थाहरु मुनाफाका आधारमा अफ्ठ्यारो परेको पछिल्लो समय बैंकहरुमा खराब कर्जा वृद्धि हुँदै गएकोप्रति भने उनको चिन्ता छ। 

– न्युज एजेन्सी नेपाल