राष्ट्रबैंकले रोक्यो मिर्मिरे लघुवित्तको लाभांश


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांशमा नेपाल राष्टबैंकले रोक लगाएको छ ।

कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को वित्तीय विवरण पास गरी चुक्तापुँजीको ६.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो ।

कम्पनीले उक्त लाभांश स्वीकृतिको लागि नेपाल राष्टबैंकमा पठाएको थियो । राष्टबैंकले उक्त निर्णय अस्विकृत गरेको हो ।

राष्टबैंकले माघ ८ गते एक पत्र पठाउँदै मिर्मिरे लघुवित्तलाई गत आर्थिक वर्षको नाफा सञ्चित गर्न र कुनै पनि लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।

सोही निर्देशनलाई आधार मान्दै मिर्मिरे लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरिएको लाभांश रद्द गर्ने निर्णय गरेको छ ।