मुनाफा सञ्चित गर्दै सानिमा जिआईसी इस्योरेन्स


काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको हो ।

माघ १० गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको छ । बैठकले आव २०७९र८० को वित्तीय विवरण पारित गर्दै कायम रहेको वितरणयोग्य मूनाफा सञ्चित निर्णय गरेको हो।

कम्पनीले उक्त निर्णय नेपाल बीमा प्राधिकरण समक्ष पेश साधारणसभा स्वीकृतिका लैजाने जनाएको छ ।