सस्तो ब्याजदरमा नबिल बैंकको दक्ष प्रवासी उद्यमशील कर्जा


काठमाडौँ। नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जाकाे औपचारिक सुरुवात गरेको छ ।

वैदेशिक रोजगारीबाट नेपाल आएकाहरुलाई नेपालमा उद्यम गर्न र सञ्चालनमा रहेकाे उधाेगकाे व्यापार बढाउने योजना रहेका उद्यमीलाई प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याएको उल्लेख गरेको छ ।

वैदेशिक राेजगारीबाट सीप सिकेर नेपाल फर्किएकाहरूलाई बैंकले १० करोड रुपैयाँ सम्मको कर्जा दिने उल्लेख गरेको छ ।

बैंकका अनुसार विदेशमा सीप सिकेर नेपाल आएका नेपालीहरुलाई १५ लाख रुपैयाँदेखि बढीमा १० करोडसम्मको कर्जा उपलब्ध गराउने छ भने सञ्चालनमा रहेका उद्योगको व्यापार बढाउने योजना रहेका उद्यमीलाई १ करोडदेखि ५ करोड रूपैयाँसम्म उपलब्ध गराउने छ ।

बैंकले दक्ष प्रवासी उद्यमशील कर्जामा आधारमा १.५ प्रतिशत प्रिमियम थपेर ब्याजदर निर्धारण गर्ने उल्लेख गरेको छ ।

बैंकले यो कर्जाकाे अवधि १० वर्षसम्मको हुने र ३ देखि ५ कार्यदिनभित्रमा कर्जा स्वीकृती हुने जनाएको छ ।