विहीबार नेप्से झिनो अंकले घट्यो


काठमाडौँ। साताको अन्तिम कारोबारको दिन सेयरबजारमा झिनो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसुमहमध्ये ५ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ८ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा साम्लिङ पावर कम्पनी, मिडसोलु हाइड्रोपावर र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यी तीन कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत, ८.७९ प्रतिशत र ८.१२ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन सिटीजन्स मुचुअल फण्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.०३ प्रतिशतले घटेको छ ।

विहीबार नेप्सेमा सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ६७ लाख २६ हजार ५२९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले उल्लेख गरेको छ ।

कुल ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।