घरजग्गाको ९९.९७ प्रतिशत कारोबार अनौपचारिक


काठमाडौँ । नेपालमा घरजग्गाको कारोबार सबैजसो अनौपचारिक रुपमा हुने गरेको देखिएको छ ।

त्रिभवुन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययन अनुसार करिब शतप्रतिशत नै कारोबार रियल इस्टेट क्षेत्रमा देखिएको हो ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ९९.९७ प्रतिशत कारोबार अनौपचारिक ढंगले भएकाे देखिएको छ । नेपालमा अर्थतन्त्र चलायमान गराउने महत्वपूर्ण क्षेत्र मानिएको घर जग्गा क्षेत्र पूर्ण रुपमा अनौपचारिक बनेको देखिएको छ ।

बैँकिङ् क्षेत्रको समेत ठुलो लगानी घरजग्गामा छ । अध्ययनका क्रममा भने घरजग्गाको अनौपचारिक सबैभन्दा धेरै देखिएको छ ।

विभागका अनुसार पछिल्लो १० वर्षमा समग्र अनौपचाकिर अर्थतन्त्र ३५.५२ प्रतिशतबाट बढेर ४१.३१ प्रतिशत देखिएको छ । विभागले भनेको छ,“अर्थतन्त्रको आकार र आर्थिक विकासको स्थिति जस्तोसुकै अवस्थामा भए पनि अनौपचारिक अर्थतन्त्र सबैका लागि चिन्ताको विषय हो ।” अनौपचारिक अर्थतन्त्रको बढ्दो आकारले आर्थिक–सामाजिक अवस्था वा विकास, राष्ट्रिय लेखा र सार्वजनिक वित्त जस्ता क्षेत्रहरूमा महŒवपूर्ण प्रभाव पार्ने विभागले जनाएको छ ।