काठमाडौं । श्री डिस्टिलरी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको माघ ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ४ गते काठमाडौंको बालुवाटारस्थित एभोकाडो क्याफेमा बस्ने गरी साधारणसभा बोलाएको हो ।
साधारणसभामा आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गरिने जनाइएको छ ।
यसैगरी सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्राथमिक निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्