नगरकोटमा अग्नि मोटोइंकको ‘डिलर मिट–२०२४’ सम्पन्न


काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले ‘भविष्यलाई सँगै नेतृत्व गरौं’ भन्ने नाराका साथ डिलर मिट २०२४ सोल्टी वेस्टएन्ड रिसोर्ट, नगरकोटमा आयोजना गरेको छ।

वर्षौंदेखिको सफल सहकार्यलाई अझ बलियो बनाउने उद्देश्यले आयोजित यस समारोहमा नेपालभरीबाट पावरोल जेनसेटका डिलरहरूलाई आमन्त्रित गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले नेपाली ऊर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । कार्यक्रममा विभिन्न समूहमा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत पनि गरिएको थियो।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेशनल बिजनेस हेड समिर सचदेवा, इन्टरनेशनल बिजनेस हेड राजीव शर्मा तथा महिन्द्रा पावरोल र अग्नि ग्रुपका विशेष अतिथिहरूले सहभागिता जनाएका थिए।

उनीहरूले कार्यक्रममा कसरी एउटा बलियो सहकार्य हुँदा अग्नि मोटोइंक तथा डिलरहरूले लगातार सफलता प्राप्त गर्दै अघि बढ्न सक्छन् भनेर आ-आफ्ना धारणा राखेका थिए।