नाडा र एसियाली विकास बैंकका पदाधिकारीहरू बिच छलफल


काठमाडौँ । नाडाको सचिवालय टेकुमा नाडा र एसियाली विकास बैंक पदाधिकारीहरू बिच विभिन्न विषयहरूमा छलफल भएको छ ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा बसेको सो छलफलमा नेपालमा अटोमोबाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनहरूको व्यवसायमा देखिएका चुनौतीहरू र त्यसका विषयमा पाठयक्रम बनाइ कसरी अघि बढने भन्ने विषयमा अर्को पटक छलफल गर्ने गरि छलफल गरिएको हो।

उक्त बैठकमा सो प्रोजेक्टका तर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा, रूपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो ।

त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।