जेडएस ईभीमा आगलागी बारे कम्पनीले भन्याे: मानवीय त्रुटी


काठमाडौँ । एमजी जेडएस विद्युतीय सवारीमा आगलागी भएको विषयमा सञ्चार माध्यममा निरन्तर समाचार आएपछि कम्पनीले पुन प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ ।

गत पुस ९ गते काठमाडौँको बुढानिलकण्ड नगरपालिका वडा नम्बर ३ देउवाचोकमा आगलागी भई नष्ट भएको घटनालाई गाडीको ब्राण्ड र कम्पनीको समेत नाम उल्लेख भई विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार, सामाजिक संजालमा भएको टिप्पणी गल्त रहेकाे भन्दै कम्पनीले गत पुष १८ गते घटनाको सम्बन्धी विज्ञप्ती सार्वजनिक गरेको थियो ।

गत पुस १८ गते कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उक्त घटनाको सम्बन्धमा कम्पनीले प्राविधिक कर्मचारी समेतको टोलि स्थलगत रूपमा घटनास्थलमा अवलोकन गरेकाे र स्थानीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र उक्त प्रभागको पत्र व्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ्ग गरी साँझ ६ः०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार सर्ट भई आगलागि भई पुर्ण रूपमा जलेको कम्पनीले जनाएकाे थियाे ।

कम्पनीले आज जारी गरेकाे विज्ञप्तीमा सञ्चार माध्यममा सम्प्रेषण भएको समाचारमा उक्त गाडी कहाँबाट खरिद गरिएको भन्ने सम्बन्धमा अन्यथा उल्लेख गरिएको र कम्पनीमा रहेको अभिलेख अनुसार उक्त गाडी कम्पनीको झापास्थित डिलरबाट २०७८ साल ११ महिना १० गते मा खरिद\बिक्रि भएको भनिएकाे छ ।

साथै कम्पनीले उक्त गाडी जल्नुको कारण सम्बन्धी एक अध्ययन समेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार (एस ए आई सी मोटर इन्टरनेसनल को. लि. चाइना) बाट उक्त घटनाको सम्बन्धमा आएको अध्ययन प्रतिवेदनमा उत्पादक कम्पनीले गरेको प्राविधिक विश्लेषण तथा अध्ययन पश्चात उक्त आगलागि भएको गाडीमा आगो अगाडीबाट पछाडी तर्फ बलेको, वेयल लिकेज र मेक्यानिकल फेलर नभएको, उक्त समयमा गाडी पार्क गरी चार्जमा राखिएको अवस्थामा गाडी भित्रबाट आगोलागि हुनको लागि हाई हिट टेम्पेचर हुनुपर्नेमा त्यो नभएकाे र कुनै पनि इलेक्ट्रिक फल्टबाट आगोलागि भएको देखिएकाे छैन्।

त्यस्तै एबनर्मल बर्न र सर्ट सर्किट नदेखिएको, हाइभोल्टेज ब्याट्रीमा कुनै किसिमको क्षती नपुगेको चिनियाँ टोलीले दिएको प्रतिवेदनमा उल्लेख भएको कम्पनीले जनाएको छ ।