मुनाफा सञ्चित गर्दै जाल्पा सामुदायिक लघुवित्त


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा सञ्चित गर्ने निर्णय गर्दै सेयरधनिलाई निराश बनाएको हो ।

माघ १६ गते हिजो बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष२०७९–८०को मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो ।

यस्तै उक्त बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरु र सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरी साधारण सभामा पेश गर्ने प्रयोजनका लागि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Skip This