राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो संसदीय दलको बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाले संसदीय दलको बैठक यही १९ माघ शुक्रबार बिहान ११ बजे बोलाएको छ ।

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार बैठकमा छलफलका एजेण्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको ले जानकारी दिए ।

संघीय संसदको बैठक २२ माघमा बोलाइएको छ ।