आरम्भ चौतारीको खुद नाफा ३९.३४ प्रतिशतले घट्यो


काठमाडौं । आरम्भ चौतारी लघुवित्तको खुद नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो मसान्तमा कम्पनीको मुनाफा ३९ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षमा २ करोड ६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको कम्पनीले चालु् आर्थिक वर्षको सोही अवधिमा खुद मुनाफा ३९.३४ प्रतिशतले घटेर १ करोड २४ लाख ९१ हजार रुपैयाँमा खुम्चिएको छ ।

खुद ब्याज आम्दानी १२.२० प्रतिशतले घटेर १२ करोड ८३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ६१ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन नाफा ३९.४६ प्रतिशतले घटेर १ करोड ७८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।

संस्थाले खराब कर्जा अनुपात भने ०.२३ प्रतिशतले घटाउन सफल भएको छ । अघिल्लो आवमा ४.८७ प्रतिशत रहेको खराब बर्जा अनुपात घटेर ४.६४ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ६.८० रुपैयाँ,मूल्य आम्दानी अनुपात ८८.३२ गुणा,प्रतिसेयर नेटवर्थ १४४.३९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३६४.९६ रुपैयाँ र तरलता अनुपात ३.९५ गुणा कायम भएको छ ।