काठमाडौँ । आउँदो माघ २५ गतेदेखि काठमाडौंमा क्यान इन्फोटेक २०२४ सञ्चालन हुने भएको छ ।
बिहीवार पत्रकार सम्मेलन गरेर मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले मेला गर्न लागिएको आयोगजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै क्यान महासंघका अध्यक्ष रणजितकुमार पोद्दारले माघ २५ गतेबाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९ औं संस्करणको क्यान इन्फोटेक मेला आयोजना गर्न लागिएको जानकारी दिए ।
यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने व्यवस्था गरेको र यस अन्तर्गत सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।
अध्यक्ष पोद्दारले क्यान इन्फोटेक–२०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी रोबट’को बेटा संस्करण सार्वजनिक हुने बताए ।
प्रतिक्रिया दिनुहोस्