काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक आइतबार ५.३१ अंकले घटेर २०६१.७० अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ उपसमूहको सेयर मूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ३३ करोड ५८ लाख ३२ हजार ८०९ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० र ९.४६ प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.३७ प्रतिशतले घटेको छ ।
कुल ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनेबच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्