कोशी प्रदेश: किवी खेती गर्ने किसानले सहुलियतपूर्ण कर्जा उपयोग गरेनन्


काठमाडौँ । किवी खेती गर्ने किसानहरुले सहुलियतपूर्ण कर्जाको उपयोग नगरेको देखिएको छ । राष्ट्र बैंकले कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना र चुनौतीहरु बारे गरेको विशेष अध्ययन प्रतिवेदनले नमुनामा परेका सतप्रतिशत किसानहरुले सहुलियतपूर्ण कर्जाको उपयोग गरेको देखिएको उल्लेख गरिएको छ ।

व्यवसाय सञ्चालन गर्न पुँजीको आवश्यकता हुने, पुँजीको स्रोतले त्यसको लागत निर्धारण गर्ने र अन्ततोगत्वा पुँजीको
लागतले व्यवसायको लाभदायकता निधारण गर्ने भएकाले वित्तीय क्षेत्रसँग सम्बन्धित समस्याहरुको विश्लेषण गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकको नमुनामा परेका ३० किसानहरुमध्ये सत प्रतिशत किसानहरुले सहुलियतपूर्ण कर्जाको उपयोग गरेको नदेखिएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार लामो कागजी प्रक्रिया, भाषागत समस्या, घरजग्गा धितो मुल्याङ्कन प्रणालीका कारण किसानहरुले औपचारिक क्षेत्रबाट कर्जाको उपयोग गरेको नदेखिएको हो ।

अधिकांश किसानहरुले आफ्नो व्यवसायलाई दर्ता नगर्नु, किसानहरुमा सहुलियतपूर्ण कर्जाको उपलब्धताको बारेमा सूचनाको अवगत नहुनु, पहुँचवाला उद्योगपति, व्यापारी आदिले कृत्रिम फर्म स्थापनागरी सहुलियतपूर्ण कर्जाको उपयोग गर्नु साथै बैंक वित्तीय संस्था पनि वास्तविक किसानहरुको पहिचान गरी ऋण प्रवाह गर्न उदासिन देखिनुले सहुलियतपूर्ण कर्जाको प्रभावकारितामा कमी आएको देखिएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।