युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोको लाभांश घोषणा


काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट ५.७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको कुल ५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमध्ये ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९ प्रतिशत नगद लाभांश रहेको छ ।

बैठकले उक्त लाभांश पारित गर्ने गरी फागुन १७ गते कास्कीको घारीपाटनस्थित आभ्या क्लबमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।