नेप्से दोहोरो अंकले बढ्यो


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक सोमबार १४.५७ अंकले बढेर २०७६.२७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ उपसमूहको सेयर मूल्य घटेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १८ करोड ५९ लाख ५ हजार १४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा नेपाल टेलिकम, पिपुल्स पावर, समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.७८ प्रतिशतले घटेको छ ।

कुल ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर किनेबच हुँदा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।