नेशनल लघुवित्तको लाभांश घोषणा,बोनस सेयर कति ?


काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको माघ २२ गते साँझ ५ बसेको सञ्चालक समितिको १६३ औं बैठकले आर्थिक वर्ष २०७९ –८० सम्मको मुनाफाबाट सेयरधनीलाई हालकायम चुक्तापुँजीको १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको चुक्तापुँजी १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

बैठकले प्रस्तावित लाभांशमध्ये ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीबाट प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।