रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४.९७ प्रतिशतले बढ्यो


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा ४.९७ प्रतिशतले धेरै हो । गत वर्ष यसले २२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ९३ करोड बीमाशुल्क संकलन गरेको छ । जुन आघल्लो आवको तुलनामा ८.१७ प्रतिशतले धेरै हो । अघिल्लो आवको समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँबराबरको बीमाशुल्क अंकलन गरेको थियो ।

लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सामान्य सुधार देखिएको हो। कम्पनीले लगानी तथा कर्जाबाट ६३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ५५.१५ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले सोही अवधिमा ४१ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको कुल खर्च २ अर्ब १८ करोड पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीले २ लाख ४५ हजार ९२० वटा पोलिसी जारी गरेको छ भने समिक्षा अवधिसम्म ५९ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ रहेको छ ।