मंगलबार ९ अंकले बढ्यो नेप्से


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक मंगलबार ९.४४ अंकले बढेर २०८५.७१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ उपसमूहको सेयर मूल्य घटेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा समाज लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.९९ र ९.४२ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन साम्लिङ पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर किनेबच हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।