कालंगा हाइड्रो लिमिटेडको साधारण शेयर प्रत्याभुति सम्झौता


काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडकोे साधारण शेयर निष्काशन गर्न ज्योति क्यापिटल लिमिटेड र लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट शेयर प्रत्याभुति सम्झौता गरी साधारण शेयर प्रत्याभुतिकर्ता नियुक्त गरिएको छ ।

बझाङ स्थीत १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रो लिमिटेडकोे कायम जारी पूँजी १ अर्ब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रति शेयर १०० रुपैयाँका दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्काशन गर्नका लागि रु.३४ करोड ९० लाख ज्योति क्यापिटल लिमिटेडबाट तथा १४ करोड १० लाख लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट शेयर प्रत्याभुति सम्झौता गरी साधारण शेयर प्रत्याभुतिकर्ता नियुक्त गरिएको हो ।

साधारण शेयर प्रत्याभुति कार्यको लागि कम्पनीको तर्फवाट संचालक तिर्थ राज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सन्राइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ बिच त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कालंगा हाइड्रोको जारी पूँजी १ अर्व ४० करोड रुपैयाँ रहेको छ । यस कम्पनीले बझाङ जिल्लामा कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा)को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरेको छ । निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण शेयरधनीहरुलाई उचित प्रतिफल वितरण गर्ने योजना कम्पनीले लिएको छ ।