अधिकांश बैंकहरुले ब्याजदर घटाए


काठमाडौँ । फागुन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । फागुन महिनामा ४ ओटा बैंकको ब्याजदर स्थिर रहेको छ भने १६ ओटा बैंकले ब्याजदर घटाएका छन् ।

हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ«े बैंकको ब्याजदर फागुन महिनामा स्थिर रहेको छ । हिमालयन बैंकको ८.१५ प्रतिशत, एभरेष्ट बैंकको ८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ८ प्रतिशत र माछापुच्छे« बैंकको ब्याजदर ८ प्रतिशत रहेको छ ।

व्यक्तिगत निक्षेपमा सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको रहेको छ भने सबैभदा बढी एनएमबी बैंकको रहेको छ । व्यक्तिगत निक्षेपमा कृषि विकास बैंकले ६.४४ प्रतिशत ब्याजदर तोकेको छ भने एनएमबी बैंकले ८.५ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल बैंकको ७.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.३५ प्रतिशत, नबिल बैंकको ७.७५ प्रतिशत, सिटिजन्स बैंकको ८.२५ प्रतिशत, ग्लोबल आइएमई बैंक ७.६ प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंकको ७.३५ प्रतिशत, प्राइम कर्मशियल बैंकको. ७.४ प्रतिशत, प्रभु बैंकको ७.५ प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, एन आई सी एशिया बैंकको ८ प्रतिशत, कुमारी बैंकको ८.०१ प्रतिशत, सिद्धार्थ बैंकको ८ प्रतिशत, नेपाल एसबिआई बैंकले ८.१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ प्रतिशत ब्याजदर तोकेका छन् ।