एक लाख एनटर्क बिक्रीको अवसरमा टिभिएसले आयोजना गर्‍यो ‘एनओजी राइड’


काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको छ ।

गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट सुरू भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो ।

उक्त एनओजी राइडमा सहभागीहरू बिच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथै एनओजी राइडमा उपस्थित करिब १०० राइडरहरू माझ आफ्नो परिचय र अनुभव पनि आदानप्रदान गरिएको थियो ।

सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान पनि पनि प्रदान गरिएको थियो । साथै उक्त राइडमा स्कुटरहरू राखेर १ लाखको सुन्दर आकार पनि बनाइएको थियो ।