मौद्रिक नीति अर्ध वार्षिक समिक्षा: संस्थागत मुद्धति निक्षेपको ब्याजदर व्यक्तिगत भन्दा १ प्रतिशत न्यून राखी तय गर्न पाउने व्यवस्था गर्दै (पूर्णपाठ)


काठमाडौँ । बेंक तथा वित्तीय संस्थाले व्यक्तिगत निक्षेपभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी ब्याजदर तय गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गर्दै संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने उल्लेख गरिएको छ ।

राष्ट्र बैंकका अनुसार कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको.२ करोड रुपैयाँसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ । ।

राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गतका दर र अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखेको उल्लेख गरेको छ ।