काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी फागुन १८ गतेबाट ७७ करोड बढि मुल्य बराबरको हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीले कम्पनीले हाल कायम चुक्तापूँजीको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यो हकप्रदमा लगानीकर्ताले आगामी चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।
त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
कम्पनीले उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्