जेसीबीको एक्सक्लुसिभ रिटेलर अब भक्तपुरमा


काठमाडौँ । एमएडब्लू पार्ट्स डिस्ट्रिब्युटरले भक्तपुरमा आफ्नो एक्सक्लुसिभ रिटेलर भक्तपुर अटो पार्ट्स सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन एमएडब्लू पार्ट्स डिस्ट्रिब्युटरका निर्देशक गोपालकुमार अग्रवालले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा एमएडब्लू पार्ट्स डिस्ट्रिब्युटरका बिजनेस हेड रोशन कुमार श्रेष्ठ, एमएडब्लू पार्ट्स डिस्ट्रिब्युटरका सेल्स हेड प्रविन अधिकारी, भक्तपुर अटो पार्ट्सका प्रबन्ध निर्देशक रामेश्वर खाताखोे तथा भक्तपुरका स्थानीय ग्राहकहरूको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका प्रतिनिधिले भने,”सीबी मेसिनहरूलाई बिगार्ने, कामचलाउ नक्कली पार्ट्सको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर ुजेसीबीलाई जेसीबी मात्रु भन्ने नाराका साथ एमएडब्लू पार्ट्स डिस्ट्रिब्युटरको सुरुवात हामीले गरेका हौं र हामीले सुरुदेखि नै ग्राहक वर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौँ ।”

यस रिटेलरको सुरुवातसँगै अब भक्तपुरका ग्राहकहरूले भक्तपुर अटो पार्ट्समार्फत सजिलै जेसीबीका सक्कली पार्ट्सहरू खरिद गर्न पाउने भएका छन् ।

कम्पनीले ग्राहकहरूको सहजताका लागि, ग्राहकहरूलाई नक्कली पार्टपुर्जाहरूको प्रयोग र जोखिमबाट जोगाउन जेसीबीका सक्कली पार्ट्सहरू आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरूमार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।

एमएडब्लूअन्तर्गतको एमएडब्लू पार्ट्स डिस्ट्रिब्युटर प्रालि नेपालका लागि जेसीबीका जेन्युन स्पेयर पार्ट्स, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता हो ।