नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र निष्कासन


काठमाडौँ। नपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्काशन गरेको छ । बैंकले ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरमा ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो ।

बैंकले १६ लाख १६ हजार इकाई आफैले अन्य विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ भने बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि निष्कासन गरेको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत ८० हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ ।

उक्त ऋणपत्रको अवधिमा भने १० वर्षको रहेको छ भने वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ ।

उक्त ऋणपत्रत्र खरिदका लागि लगानीकर्ता न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा फागुन १ गतेदेखि फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा भने फागुन १५ गतेसम्म लम्बिनेछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।